भाबुक नेपाली गजल

 
 गजल-१

सतह हेर्दै डराउनेलाई सागरको गहिराइ सोधेछु
मेरै आमाको भाग्य हो भनि माला पहिराई सोधेछु
सतह हेर्दै डराउनेलाई सागरको गहिराइ सोधेछु ...

झर्केर दियौ दिन त जवाफ यही शीर पुर्ने गरि
पहिराहरुमा भासीएका पाइला काँडा समाई सोधेछु
सतह हेर्दै डराउनेलाई सागरको गहिराइ सोधेछु ...

जीवन-हरुमा धड्कन खोजें अलि-अलि प्राण रहेछ
त्यही पनि संयोग उपहार मान्दै रमाई -रमाई सोधेछु
सतह हेर्दै डराउनेलाई सागरको गहिराइ सोधेछु ...

कति फूल चडाएं मन्दिरहरुमा थोरै सीत्तल छ भनेर
अन्जानैमा ढुंगाहरुलाई दिलमा सजाई सोधेछु .......
सतह हेर्दै डराउनेलाई सागरको गहिराइ सोधेछु ...

सारा दिनहरु साँझ नआइ ढले आशाको दियो बालिरहें
दग्ध दियोका तेल भित्र नयन डुबाइ सोधेछु ........
सतह हेर्दै डराउनेलाई सागरको गहिराइ सोधेछु ........
................................................................

उपेन श्रेष्ठ 'उज्जल'
 
 गजल-2
नजाउँ भने पनि जानै पर्ने ससुरालि।।।

ससुरालिको ससुरा बुढो १ नंम्बरै जालि।।।

एकदम गोरी छे भन्थे स्वास्नी रैछ काली।।।

स्वास्नी काली भयनी राम्री रैछे साली।।।

बैन्ड बाजा नभय नि बजाउँ छु थाली।।। तर

सम्झि डर लाग्छ, मेरो ससुराली।।।

ससुरालीको ससुरा बुढो कस्तो कस्तो।।।

ससुराको कालो जिऊ, नाक घिरौला जस्तो ।।।
रचना;बालकूष्ण अधिकारी
पोष्ट;पशुपति श्रेष्ठ
 
 

Comments

Popular posts from this blog

20 interesting Fact About Friendship Day

Halo Effect?