लभ फर सेक्स पिताम्बर न्यौपाने अर्घाखाँची

 
 

 
आजभोलिका युवायुवती बेपर्वाह स्वतन्त्र हुन खोज्छन् भने अभिभावकहरू निगरानी र नियन्त्रणमा राख्न खोज्छन्। तर, अभिभावकका कुरा सुन्ने र टेर्ने जमाना गए। टिनएजरहरू कसैलाई 'बाल' दिँदैनन्।

रोमान्स र मस्ती चाहिएको छ उनीहरूलाई। यसका लागि जे गर्न पनि, जुन हद पार गर्न पनि तयार! टिनएजरहरूमा ब्वाई फ्रेन्ड र गर्ल फ्रेन्ड नहुनेहरू त खिसी र हाँसोको पात्र बन्छन्। साथीहरूबाट खिसीको पात्र बन्ने लाजले पनि केटाले केटी अनि केटीले केटा साथी बनाउनुपर्ने बाध्यताजस्तै भएको छ। यो फेसन त हुँदै हो। माटेपानी, पोखराकी भूमिका सापकोटाको बाध्यता पनि यस्तै छ। 'मेरा साथी सबैका ब्वाइफ्रेन्ड थिए। मेरोमात्रै थिएन। खिसी गरेर हैरान बनाए,' लज्जालु स्वभावकी उनी भन्छिन्, ‘उनीहरूकै संगतले अहिले मेरो पनि ब्वाइफ्रेन्ड छ।' ब्वाइफ्रेन्डसँग अहिले विभिन्न ठाउँमा डेटिङ जाने गरेको उनले ढाँटिनन्। केटा साथी नहुनु र हुनुमा धेरै फरक अनुभव संगालेकी छिन् उनले।

डिपकी सुनिता गुरुङ ख्यालख्यालमै सेक्सको लतमा फसेर ब्वाइफ्रेन्ड बनाउन पुगेको बताउँछिन्। कक्षा ११ को अन्तिम परीक्षा दिनुभन्दा केही समयअघि उनले ब्वाइफ्रेन्ड बनाइन्। ती ब्वाइफ्रेन्डसँगको संगतले उनलाई सेक्सका मामिलामा बढी उदार हुन सघायो। पोखराको एक चल्तीको कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत सुनिता धेरैले सेक्सको इच्छा पूरा गर्न लभ गर्ने गरेको दाबी गर्छिन्। 'किन कुरा लुकाउने? केटाले पनि आफ्नो केटी साथीलाई सेक्सकै लागि रोजेको हो,' कोरियन स्टाइलको कपाल मिलाउँदै उनी भन्छिन्, 'केटीको सवालमा पनि त्यही हो। लभको अन्तिम टुंगो भनेकै सेक्स हो।'

पछिल्लो समयमा लभर नहुने टिनएजर भेटाउन मुस्किल पर्छ। केटाकेटीले १७ वर्ष पार नगर्दै सेक्सको अनुभव गरिसकेका हुन्छन्। पश्चिमा मुलुकमा भएका हरेक क्रियाकलापको सिको गर्ने पोखरेली युवायुवती ओपन माइन्डेडली गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउन पछि परेका छैनन्।

सेक्स मानव जीवनको अभिन्न पाटो हो भन्ने यथार्थलाई आवश्यकताभन्दा बढी बुझेझैँ लाग्छ, पोखरेली किशोरकिशोरीले। उनीहरू हाकाहाकी सेक्सकै लागि लभको चक्करमा परेको बताउँछन्। ‘आठमा पढ्दा लभ पर्‍यो, नौ मा पढ्दा सेक्स गरेको हुँ। त्यति बेला १५ वर्षको थिएँ' बाँझापाटनका अविनाश गुरुङ भन्छन्, ‘ब्लु फिल्म हेर्थेँ। यसरी नै सेक्स गर्न पाए कस्तो हुँदो हो भन्ने कल्पना गरेर सँगै पढ्ने केटी साथीलाई लभको प्रस्ताव राखेँ। उनले स्वीकार गरेपछि सेक्समा गएर कुरा टुंगियो।' बिए दोस्रो वर्ष पढ्दै गरेका अविनाश अहिलेसम्म ११ जनासँग सेक्स गरिसकेको दाबी गर्छन्। फरक फरक केटीसँग सेक्स गर्दा रमाइलो अनुभव हुने बताउँदै आफूले सेक्स गरेलगत्तै गर्लफ्रेन्ड फेर्ने गरेको सुनाउँछन् उनी।

पोखराका युवायुवती लिभिङ टुगेदर कल्चर पनि फलो गर्दैछन्। नेपाली संस्कृतिमा बिहेअघि केटा र केटी सँगै बस्नुलाई अपाच्य मानिन्छ। तर, पोखरामा थुप्रै जोडी यसरी बसिरहेका छन्। एकअर्काका घरमा निर्धक्कसँग गएर आमाबुवासँग पनि गफ गर्न सक्छन्।
सेक्स गर्नकै लागि लभको नाटक गर्ने गरेको बताउँछन् पोखरेली टिनएजरहरू। 'जमानाअनुसार चल्न खोजेको मात्रै हो,' लामाचौरका विष्णु अधिकारी भन्छन्, 'ममात्रै कसरी एक्लो हुनसक्छु। साथीको लहलहैमा लागेर मैले पनि केटी साथी बनाएको छु।' ती केटी साथीसँग उनले छ महिनाअघिमात्रै कलेज गएको बेला कलेज बंक गरेर एक होटलमा सेक्सको अनुभव गरेका थिए। सेक्स नगर्दा निकै मन पर्ने ती केटी सेक्स गरिसकेपछि मन पर्न छाडेको विष्णु सुनाउँछन्। ‘खै के हो? के हो...? पहिले त्यो केटीलाई हेभी मन पराउँथे, दुवैको सहमतिमा सेक्स गरियो। अहिले त हेर्नै झ्याउ लाग्छ,' उनी भन्छन्, ‘त्यो केटीले पनि मलाई मतलब गर्दिन। म पनि बाल दिन्नँ।'

अन्य युवाको तुलनामा प्लस टुमा अध्ययनरत युवायुवती लभको चक्करमा बढी फस्ने गरेको पाइन्छ। उनीहरू ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्ड बनाउन माहिर छन्। तीमध्ये केही प्रतिशतले मात्रै जीवनभरकै साथी सम्झेर लभ गर्ने गरेका छन्। त्यही कोटिमा पर्छन् लेखनाथका सुरेश परियार। कलेजमा दैनिक भेटघाट हुने र भनेको समयमा कलेज बंक गरेर डेटिङ जान बानी परेका उनले आफ्नै सहपाठीसँग लभ गरेका छन्। केटी साथीले जे सोचे पनि सुरेशले जीवन साथीको रूपमा हेरेको दाबी गर्छन्। ‘म अरूजस्तो झारेझुरे हैन,' उनी भन्छन्, ‘मैले त चोखो माया गरेको छु। उनले पनि त्यस्तै गरेको अनुभव छ। हामीले अहिलेसम्म सेक्स गरेका छौँ।'
केही किशोरकिशोरी यस्ता हाउडे छन् कि सकेसम्म धेरै जनासँग सेक्स गर्न मन पराउँछन्। धेरै केटा साथी वा धेरै केटी साथी बनाउन सकेको भन्दै गर्वले छाती फुलाउँदै हिँड्छन्। तीमध्येकी नाम बताउन नचाहने नदीपुरकी एक युवती आफूले अहिलेसम्म १७ जना ब्वाइफ्रेन्ड चेन्ज गरेको दाबी गर्छिन्। ‘एउटै केटासँग जिन्दगीभर कहाँ घुम्न सकिन्छ र,' उनी भन्छिन्, 'फरक फरक केटासँग लागे पो नयाँ टेस्ट गर्न पाईन्छ। एकै जनासँग त झ्याउ नै हुन्छ यार।'
 
 
 

Comments

  1. Great info. I love all the posts, I really enjoyed, I would like more information about this, because it is very nice., Thanks for sharing...
    Accountants in walthamstow

    ReplyDelete

Post a Comment

if you have any comment and want to expose it please sent email on my account "Ga.subedi@yahoo.com"

Popular posts from this blog

20 interesting Fact About Friendship Day

Halo Effect?